News Portal

  • मिथिला लघुवित्तले संस्थापक समूहतर्फको १० हजार कित्ता शेयर बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८१
    ३५ पटक
    २२ कार्तिक, २०८१

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । त्यसअनुसार सो शेयरमा आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्ने हुन्छ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि दिन सकिनेछ ।

    शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिने गरी जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर ५ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।
    प्रतिकृया दिनुहोस्