News Portal

  • सूर्यज्योति लाइफबाट संस्थापक शर्मा बाहिरिने, बिक्रीमा राखे सेयर

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८१
    २८ पटक
    २२ कार्तिक, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी नन्द किशोर शर्मा बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बेचेर शर्मा बाहिरिने भएका हुन् ।

    शर्माले साविक ज्योति लाइफ इन्स्योरेन्समा अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । शर्मा अध्यक्ष रहेका बेला सूर्य लाइफ र ज्योति लाइफ मर्जरमा गएका थिए ।

    शर्माले कम्पनीमा रहेको आफ्नो स्वामित्वको ३ लाख २० हजार २१४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

    इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेटसहित बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस्