News Portal

  • रिलायबल लाइफको रंगोली कन्टेस्ट : रंगोलीको भिडियो बनाएर १० हजार जित्ने मौका

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०८१
    ११ पटक
    १६ कार्तिक, २०८१

    काठमाडाैं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, अन्य दुई जनाले रिलायबलको ब्याक पाउने जनाइएको छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि रंगोलीकाे भिडियो बनाएर फेसबुकमा पोष्ट गर्नुपर्ने हुन्छ । रिलायबल नेपाल लाइफको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्ने हुन्छ । त्यसैगरी, रिलायबललाइफरंगोली’ ह्याजट्यागमा राख्नुपर्ने हुन्छ ।

    साथै रिलायबल नेपालको पेज लाइक गरेको हुनुपर्ने छ । एक जना प्रतियोगिले एकवटा भिडियोमात्र पोष्ट गर्नुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्