News Portal

  • सानिमाका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टरनेट प्याकेज पाउने

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७७
    २२६४ पटक
    २८ मंसिर, २०७७

    काठमाडौं । सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टरनेट प्याकेज पाउने भएका छन् ।
    सोसम्बन्धी सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता भएको छ ।
    एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    यस सम्झौतापत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।
    सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चत्तम ब्याज दिँदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्