News Portal

  • एनआईसी एसियासहित तीन बैंकको अर्ब बढी प्रोभिजनिङ, यी ९ बैंक रिकभरीमा आक्रामक

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८१
    ५१ पटक
    १३ कार्तिक, २०८१

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा एक दर्जन वाणिज्य बैंकले ठूलो रकमको प्रोभिजनिङ गर्नु परेको छ । बैंकहरूको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले ठूलो रकम कर्जा नोक्सानी व्यवस्थामा राखेका छन् । तथ्यांकअनुसार तीन वटा वाणिज्य बैंकले अर्ब बढी रकम कर्जा नोक्सानी व्यवस्थामा राखेका छन् ।

    बैंकहरूले कुल पौने ८ अर्ब रुपैयाँ प्रोभिजनिङ गरेका हुन् । पहिलो त्रैमासमा करिब एक दर्जन बैंकले ७ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ प्रोभिजनिङ गरेका हुन् ।

    असोज मसान्तसम्म एनआईसी एशिया बैंकले सबैभन्दा धेरै प्रोभिजन गरेको छ । यस बैंकले १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकको प्रोभिजनमा ६४ करोड ४३ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा ८०.७१ प्रतिशत पोभिजन रकम बढेको हो ।

    ग्लोबलले आइएमई १ अर्ब ७ करोड र सिद्धार्थले १ अर्ब ५० लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा राखेको छ ।

    यस्तै, कृषि विकासले ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले ७४ करोड, नेपाल बैंकले ६८ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

    यस्तै, कुमारी बैंकको ७१.११ प्रतिशत घटेर ६३ करोड ६ लाख रुपैयाँ, सानिमा बैंकको ३.७७ प्रतिशत बढेर ५६ करोड ३१ लाख रुपैयाँ, नबिल बैंकको ५८.७२ प्रतिशत घटेर ४५ करोड ७७ लाख रुपैयाँ र एभरेष्ट बैंकको ७५.१५ प्रतिशत घटेर १० करोड ६७ लाख रुपैयाँ रहेको छ ।

    तर, समीक्षा अवधिमा भने आधा दर्जन बढी बैंकले भने राम्रो रिकभरी गरेको देखिन्छ । असोजसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड रुपैयाँ रिकभरी गरेको हो ।

    यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९७ करोड ५१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ३४ लाख रुपैयाँ, एनएमबी बैंकको ३ करोड ७० लाख रुपैयाँ, हिमालयन बैंकको ३२ करोड २५ लाख रुपैयाँ रिकभरी गरेको छ ।

    यस्तै, सिटिजन्स बैंकको ९० करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकको ३८ करोड ४१ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको २७ करोड ७६ लाख रुपैयाँ रिकभरी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्