आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८१
१३ कार्तिक, २०८१काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ।
नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकमाथि पहिलोपटक कारबाही भएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्पपीडितलाई प्रवाह गरिनेबाहेकका अन्य पुनरकर्जा सुविधा प्रदान नगर्ने कारबाही गरेको छ।