News Portal

  • मुक्तिनाथ बैंकको प्रचारप्रसार ‘मुक्ति भाइ’ ले गर्ने

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७७
    १६७६ पटक
    २८ मंसिर, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको छ ।
    बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
    विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ वटा शाखा कार्यालयहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्