आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८१
७ कार्तिक, २०८१काठमाडौं । मेट लाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १००% छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६०% छूट प्रदान गर्ने जनाएको छ ।
मेट लाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ ।
थप जानकारीका लागि, मेटलाइफको ग्राहक सेवा विभाग ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।