News Portal

  • सपोर्ट लघुवित्तको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०८१
    ९ पटक
    ५ कार्तिक, २०८१

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ।

    संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ४ हजार ७४६.३१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५०८.९९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २३७.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
    प्रतिकृया दिनुहोस्