News Portal

  • ‘कृषि बीमा सफ्टवेयर’को उद्घाटन, अब घरमै बसेर बीमा गर्न सकिने

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०८१
    १५ पटक
    ५ कार्तिक, २०८१

    काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो ।

    नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा उक्त ‘रियल टाइम सफ्टवेर’को उद्घाटन गरेको हो । सफ्टवेयको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन् ।

    मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले ललितपुरको धापाखेल गोविन्द घिमिरेको तीनवटा गाईको बीमा गर्दै उक्त सफ्टवेयरको उद्घाटन गरिएकाे बताइन् । किसान घिमिरेको तीनवटा गाईको एक लाख ७७ हजार रुपैयाँ बराबरको एनएलजी इन्स्योरेन्समा बीमा गरिएको थियो । उक्त बीमाका लागि किसान घिमिरेले ८ हजार ७५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए ।

    हाललाई पशु र बालीको मात्र उक्त सफ्टवेयर प्रणालीमार्फत बीमा गरिने मन्त्रालयले जनाएको छ । अहिले अनलाइनबाट नै बीमा गर्नुपर्ने भन्ने कुनै अनिवार्य भने छैन । अहिले अफलाइनबाट पनि गर्न सकिन्छ । बिस्तारै पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको योजना रहेको सहसचिव शिवाकोटीले बताइन् ।

    उक्त सफ्टवेयरमार्फत बीमा गर्दा किसान आफैले यूजर आइडी बनाएर अनलाइनबाटै गर्नसक्ने नेपाल बीमा प्राधिकरणका आइटी प्रमुख रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार अभिकर्ता, बीमक, बीमित तथा किसान सबैले यूजर आइडी बनाएर काम गर्न सक्नेछन् ।
    सफ्टवेयरमा हाल नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरू आवद्ध छन् ।

    यस सफ्टवेरले कृषि बीमालाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने सहसचिव सिवाकोटीले विश्वास व्यक्त गरिन् ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि बीमालाई मर्यादित बनाउन रियल टाइम सफ्टवेरमार्फत बीमा गर्ने विषय उल्लेख भएको थियो । सोहीबमोजिम सफ्टवेयरको उद्घाटन गरिएको हो ।

    प्रतिकृया दिनुहोस्