News Portal

  • सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०८१
    १९ पटक
    ५ कार्तिक, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी चयन भएका छन् ।

    रेग्मी पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर हुन् ।

    उनलाई सूर्यज्याेति थ्री-२० धन बहार जीवन बीमा योजनाअन्तर्गत एक वर्षको अवधिका लागि एम्बेस्डरको रूपमा चयन गरिएको हो ।

    कम्पनीले दिएको न्यूनतम मापदण्ड पूरा गर्दै सर्वाधिक प्रिमियम संकलन गरेर आफूलाई अब्बल साबित गरेपछि रेग्मी एम्बेस्डर बनेका हुन् ।

    बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही र महाराजगन्ज शाखाकी सृजना पन्तलाई क्रमशः ‘चौरासी पूजा जीवन बीमा योजना’, ‘सजिलो भुक्तानी जीवन बीमा योजना’ र ‘सावधिक जीवन बीमा योजना’ का लागि प्रोडक्ट एम्बेस्डरको रूपमा एक वर्षका लागि चयन भैसकेका छन् ।

    देशव्यापी रूपमा गरिएको कन्टेस्टमा तोकिएको बीमा योजनाअन्तर्गत न्यूनतम मापदण्ड पुरा गरी सर्वाधिक प्रिमियम संकलन गर्न सफल अभिकर्तालाई कम्पनीले प्रडक्ट एम्बेस्डरका रूपमा छनोट गरेकाे छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले यस प्रकारका उत्प्रेरणामूलक कार्यक्रमबाट अभिकर्ताहरूको क्षमता अभिवृद्धि हुने र व्यावसायिक लक्ष्य हासिल गर्न थप हौसला र ऊर्जा प्राप्त हुने बताए ।

    प्रतिकृया दिनुहोस्