News Portal

  • सिटिजन लाइफको ३ शाखा कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०८१
    २३ पटक
    ४ कार्तिक, २०८१

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा, हेम्जा र लेखनाथ शाखा कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीका यी ३ शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

    यी शाखा कार्यालयले नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना गरेका हुन् । उक्त रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुख छबी पौडेलले जानकारी दिए । कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्