News Portal

  • सन नेपालको दसैँ फोटो प्रतियोगिता: परिवारको दसैँ टीकाको फोटो पोस्ट गरी जित्नुहोस् रु. १० हजार

    आर्थीकसंसार संवाददाता२५ असोज, २०८१
    ९ पटक
    २५ असोज, २०८१

    काठमाडौं । नेपालीको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘हाम्रो परिवार हाम्रो दसैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    यस प्रतियोगितामा भाग लिन सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फोलो गरी आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टीकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरी क्याप्सनमा दसैँको मीठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ । फोटो पोस्ट गर्दा ह्यास ट्याग (#sunnepallifeinsurance #हाम्रो) दसैँको) टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेमध्ये एकजना भागशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले घोषणा गरेको छ ।

    दसैँको टीकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।
    प्रतिकृया दिनुहोस्