News Portal

  • सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १४२५ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
    सो कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो । मंसिर २६ शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
    सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्