News Portal

  • बझाङको राजकोटमा पनि पुग्यो सनराइज बैंकको शाखा

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १९६१ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका–३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरेको छ ।
    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।
    पांण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक रामबहादुर ऐडीको प्रमुखा आतिथ्यता भएको कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नवराज रोकाया र अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्