News Portal

  • महालक्ष्मी विकास बैंकको कर्पोरेट पे प्रणाली लागू गर्ने

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    २२९१ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।
    मंसिर २५ गते बिहिबार भएको सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेयाट्फर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
    कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । उक्त सिमाभन्दा बढीको कारोबार गर्न बैंकको थप चेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टीलेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अप्रुभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्