News Portal

  • प्रभु बैंकको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त

    आर्थिकसंसार संवाददाता२५ मंसिर, २०७७
    २३४५ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले डिबेञ्चर निष्काशनका लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । प्रभु बैंकले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता भएको छ । सो सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गर्नुभएको हो ।
    प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्ने सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्