News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सकी नवनियुक्त सीईओ अञ्जु श्रेष्ठको पद बहाली

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८१
    १६ पटक
    १८ असोज, २०८१

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्।

    कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो। नियमन तथा सम्पत्ति शुद्धीकरण शाखाबाट गत असोज ४ गते श्रेष्ठलाई सीईओमा नियुक्त गर्न सहमति प्राप्त भएको कम्पनीले जनाएको छ।

    सहमति प्राप्त भएसँगै कम्पनी सञ्चालक समितिको असोज १६ गतेको निर्णयले श्रेष्ठलाई सीईओ पदको सपथ गराई आज असोज १८ गतेबाट लागू हुने गरी पद बहाली गरिएको हो। श्रेष्ठलाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको छ।

    गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

    साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब सीईओको जिम्मेवारी पाएकी थिइन्।

    प्रतिकृया दिनुहोस्