News Portal

  • नेशनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न, विभिन्न विधामा ३५ जना सम्मानित

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    १५ पटक
    १३ असोज, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” सम्पन्न गरेको छ ।

    गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका थिए । यो कार्यक्रम मधेश प्रदेशबाट शुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए ।

    समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओे स्किम जारी गरेको र नेपालभर बाट यस स्किममा ३०० भन्दा बढि अभिकर्ताहरु छनौट हुन भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।

    कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे । यस योजनाले अभिकर्ता र कम्पनीका सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस्