आर्थीकसंसार संवाददाता१२ असोज, २०८१
१२ असोज, २०८१काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसै क्रममा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा न १ बस्ने दिनेश टेलर र लीला कुमारी दमाईकोले आफ्नो छोराको जन्मउत्सबको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त प्रभु बैंक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको दाबी भुक्तानी ,नाफा, सेवा, प्राविधिमैत्री बन्दै आएको छ ।