काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक एक कार्यक्रमका बीच उक्त विभागको स्थापना गरिएको हो ।
नेपालको बैंकिङ क्षेत्रले दिगो विकासमा सामना गरिरहेको चुनौतीहरूलाई समाधान गर्दै बैंकिङ क्षेत्रलाई sustainable finance उन्मुख गराउनको साथै उनीहरूको ज्ञान, शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त रुपमा नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापनाको उद्घाटन गरिएको बैंकर्स संघले जनाएको छ ।
नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा डेनियल मेउलीको स्वागत मन्तव्यका क्रममा दिगो बैंकिङको लागि सुरुवात गरेको पहल महत्वपूर्ण रहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ उद्योगमा जलवायु वित्तको महत्वमा जोड दिँदै दिगो वित्त प्रवद्र्धन गर्न नेपालको बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए । एफएमओ नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले बैंकिङ क्षेत्रले जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा निभाइरहेको भूमिका र यसले सृजना गरेको चुनौतीलाई कम गर्दै अवसरबाट कसरी फाइदा लिन सकिने सन्दर्भमा आफ्नो दृष्टिकोण राखे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैंकिङलाई प्रवद्र्धन गर्न गरेको नीतिगत व्यवस्था र नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रमको प्राविधिक सत्र डीबीएस सिंगापुरका पूर्व प्रबन्ध निर्देशक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेका सस्टेनेबिलिटी विशेषज्ञ युलान्डा चुङले गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई केलाउँदै जलवायु परिवर्तनले नेपाललाई पार्न सक्ने प्रभाव, यसको जोखिम र नेपालको बैंकिङ क्षेत्रमा यसको सान्दर्भिकता लगायतका विषयमा आफ्नो धारणा राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जीसुन हान ९प्रबन्धक, ऊर्जा (एशिया र ईसीए एफएमओ), एन्टोनिया फ्लक (कार्यक्रम प्रबन्धक, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन), काट्जा सिल्वा (लिएंडर प्रबन्ध निर्देशक, क्याडमस यूके), र दीपक कुमार डे (कार्यकारी समिति सदस्य, नेपाल बैंकर्स एशोसिएसन) लगायतका प्रमुख व्यक्तिहरूले जलवायु वित्त रणनीतिहरू लाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी भनाई राखे ।
कार्यक्रममा सरकारी अधिकारीहरू, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम, र सम्बन्धित सरोकारवालाहरू लगायत २०० भन्दा बढी सहभागी रहेका थिए।