News Portal

  • थप १ हजार ५६ जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७७
    १६६८ पटक
    २४ मंसिर, २०७७

    काठमाडौं । देशभर वितेको २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण हुँदा १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्युसमेत भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ सय ८६ महिला र ६ सय ७० पुरुषसहित १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।
    मन्त्रालयका अनुसार हालसम्म १ हजार ६ सय ५१ जनाले ज्यानसमेत गुमाएका छन् ।
    यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्