१० असोज, २०८१काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने भएको हो। यो सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलन दिउँसो ४ बजेदेखि साँझ साढे ५ बजेसम्म चल्नेछ।
सम्मेलनमा वक्ताका रुपमा ५ जना रहनेछन्। वक्ताका रुपमा दिपप्रकाश पाण्डे (सीईओ शिखर इन्स्योरेन्स), पोषकराज पौडेल (सीईओ सिटिजन लाइफ इन्स्योरेन्स तथा जीवन बीमा संघ नेपालका अध्यक्ष), उपासना पौडेल (सीईओ हिमालयन रिइन्स्योरेन्स), चिरायु भण्डारी (सीईओ गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स) र सुशीलदेव सुवेदी (निर्देशक नेपाल बीमा प्राधिकरण) रहनेछन्।
यूएनडीपी–आईआरएफएफ थाइल्यान्डको एसिया प्रशान्त क्षेत्रकी प्रमुख डायना अल्मोरोले सम्मेलनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने छिन्।




