News Portal

  • पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८२ संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १३१४ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । नेपालमा कोरोना भाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६ सय ८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ । यस्तै संक्रमितमध्ये १ हजार ६ सय ३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४७ जनाको कोरोना परीक्षण हुँदा १ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला ५ सय ४६ र पुरुष ८ सय ३६ जना रहेका छन् । यस्तै १ हजार ६ सय २१ जना निको र २३ जनाको मृत्यु भएको छ ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३ सय ७७ र निको हुनेको संख्या २ लाख २९ हजार ५४ जना रहेका छन् । यस्तै मृत्यु हुनेको कुल संख्या १ हजार ६ सय ३७ जना रहेको छ भने क्वारेन्टिनमा ५ सय २३ जना रहेका छन् ।
    संक्रमितमध्ये महिला ८४ हजार १ सय ५५ र पुरुष १ लाख ५९ हजार २ सय २२ जना रहेका छन् । प्रतिशतका आधारमा महिला ३४.५ र पुरुष ६६.५ प्रतिशत रहेका छन् ।
    मन्त्रालयले हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण भएको पनि जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ४ हजार ८ सय ७७, ललितपुरमा ९ सय ९२ र भक्तपुरमा ४ सय ५० सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं, कास्की र ललितपुरमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन् । यस्तै हाल मनाङ र डोल्पामा एक जना पनि संक्रमित रहेका छैनन् ।

    प्रतिकृया दिनुहोस्