News Portal

  • विविध कार्यक्रम गरी नेपाल इन्स्योरेन्सले मनायो ७७ औं वार्षिकोत्सव

    आर्थीकसंसार संवाददाता९ असोज, २०८१
    २१ पटक
    ९ असोज, २०८१

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज असोज ८ गते मगंलबार ७७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा विविध कार्यक्रम गरि मनाएको हो ।

    उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्नुका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले यस कम्पनी ७७ औँ वर्षको गौरवशाली इतिहास पूरा गरी ७८ औँ वर्ष प्रवेश गरेको शुभ– अवसरमा कम्पनीका संस्थापक एवं शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियमन निकायहरु एवं सरोकारवालाहरु सबै प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा कम्पनीको सेवालाई अझ परिष्कृत बनाइने प्रतिवद्धता व्यक्त गरे ।

    कम्पनीको ७७ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७७ औँ वर्ष पार गरि ७८ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पु¥याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, कार्यरत सम्पूर्ण कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा आभार व्यक्त गरे ।

    यसै अवसरमा आफ्नो जीवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेको १ कर्मचारीलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेको १ कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस कम्पनीले प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ४ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्