News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १३२४ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै ५८ हजार एक सय २२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्बप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन बैंकले भनेको छ ।

    प्रतिकृया दिनुहोस्