News Portal

  • सन नेपाल लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता४ असोज, २०८१
    २५ पटक
    ४ असोज, २०८१
    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको टिकापुर उपशाखाले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ  कैलालीको टिकापुर स्थित नयाँ टिकापुर शिविरमा रहेको श्री कर्णालेश्वर आधारभुत विद्यालयका १५ जना अशाहे,टुहुरा गरिव,जेहेन्दार बालबालिकाहरुलाइ एक कार्यक्रमका विच शैक्षिक सामाग्री वितरण गरेको हो ।
    कम्पनीको ७ औ बार्षिक उत्सवको उपलक्ष्यमा सामाजीक उत्तरदायीत्व अन्र्तगतको कार्यक्रम गरेको कार्यक्रममा जीवन वीमाको महत्व तथा सुविधाको बारेमा टिकापुर उपशाखा प्रमुख विष्णु प्रसाद भण्डारीले प्रकाश पारेका थिए ।  कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्सका टिकापुर उपशाखा प्रमुख विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति विद्यालय व्यावस्थापन समितीका अध्यक्ष चन्द्र भण्डारी रहेका थिए ।
    कार्यक्रमको विशिष्ट अथिति उक्त विद्यालयका प्र.अ. शारदा तिमिल्सेनाले कम्पनीको ७ औ बार्षिक उत्सव सफलता पुर्वक सम्पन्न होस भन्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् । अभिकर्ता हर्क बहादुर घर्तिमगरले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य अभिकर्ता हेम कुमारी राना मगरले गरेकी थिइन् ।
    उक्त कार्यक्रममा  टिकापुर कार्यालयका कर्मचारी एकेन्द्र बहादुर खत्रि  अभिकर्ताहरु शान्ती खनाल,राधिका पाण्डे, गंगा न्यौपाने,सुरत टमट्टा ,हेम कुमारी रानामगर , कालु चौलागाइ अमर थापा लगायतको उपस्थिति रहेको थियो ।
    प्रतिकृया दिनुहोस्