News Portal

  • साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १८१० पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    मंसिर २३ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५७ नगद (कर प्रयोजनको लागि) गरी २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ । संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट २८.६८४ प्रतिशत लाभांश (२७.२५ प्रतिशत बोनस र १.४३४ प्रतिशत नगद) वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्