News Portal

  • हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

    आर्थीकसंसार संवाददाता२ असोज, २०८१
    १८ पटक
    २ असोज, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

    कम्पनीले व्यतित बीमालेखहरु असोज १ गतेदेखि असोज १५ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

    तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमालेख १० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ भने १२ वर्षमाथि व्यतित भएका बीमालेखमा छुट नदिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्