News Portal

  • मातृभूमि लघुवित्तको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न

    आर्थीकसंसार संवाददाता१ असोज, २०८१
    ४२ पटक
    १ असोज, २०८१

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ३० र ३१ गते Unveiling The Vision: A Transformative Journey With Quality Assurance कार्यक्रमको आयोजना गरेको छ । संस्थाले सो कार्यक्रम तिलोत्तमा रुपन्देहीमा राष्ट्रियस्तरको सम्मेलन गरि संस्थाको दिर्घकालीन परिकल्पना पारित गरेको छ ।

    २ दिने उक्त सम्मलेलनमा संस्थाको संचालक समितिका अध्यक्ष, संचालकहरु, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरीकै २३६ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । सम्मेलनको समुदघाटन संस्थाका अध्यक्ष लोक राज शर्माले गरेका थिए । कार्यक्रमको समुदघाटन गर्दै संस्थाका अध्यक्ष लोकराज शर्माले मर्जर पश्चात संस्था देशकै ठूलो लघुवित्त संस्थाहरु मध्येको एक बन्न पुगेको र आगामी दिनमा संस्था देशकै पृथक, अग्रणी एवं अब्बल संस्था बन्ने विश्वास गरे ।

    Unveiling The Vision: A Transformative Journey With Quality Assurance नामाकरण गरिएको सम्मेलनमा संस्थाका व्यवसायका बिभिन्न सूचकहरुमा उत्कृट कार्य संपादन गर्ने ३४ जना कर्मचारीहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्किृत गरिएको थियो । सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको आगामी यात्राको Vision Paper प्रस्तुतिकरण गरेका थिए ।

    साविकको किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट यही असार २७ गतेदेखि एकिकृत वित्तीय कारोवार शुभारम्भ गरेको थियो । मर्जपछि साविकका संस्थाहरुमा कार्यरत कर्मचारीहरु बीच एकआपसमा चिनजान एवं घुलमिल गराउन, कर्मचारीको हौसला बढाउन, काम गर्ने तौर गरिकामा एकरुपता कायम गर्दै द्विविधाहरुलाई समाधान गर्न र साविकका दुई संस्थाको संस्थागत संस्कृतिलाई मिश्रण गर्ने उद्देश्यले उक्त बृहत सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा २५ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको थियो । उक्त कार्यक्रम संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले सञ्चालन गरेका थिए ।

    कम्पनीको चुक्ता पुँजी रु.६२ करोड ८३ लाख ५७ हजार पुगेको छ भने निकट भविष्यमा नै रु.११ करोड ४९ लाख ९८ हजार बराबरको थप सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सो पश्चात कम्पनीको चुक्ता पुँजी रु.७४ करोड ३३ लाख ५५ हजार पुग्नेछ ।

    लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया, कैलालीमा केन्द्रीय कार्यालय रहेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले २३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा २ लाख १६ हाजर ग्राहकहरु आवद्ध भई ८० हजार भन्दा बढीले प्रत्यक्ष रुपमा कर्जा उपभोग गरी लााभन्वित भएका छन । संस्थाको लगानीमा रहिरहेको कर्जा रु करीब १२ अर्ब र बचत परिचालन करीब रु.४ अर्ब रहेको छ ।

    प्रतिकृया दिनुहोस्