News Portal

  • मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७७
    २०४५ पटक
    २२ मंसिर, २०७७

    काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई २३.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    जुन हालसम्मकै उच्च लाभांशदर हो भने अघिल्लो आर्थिक वषको तुलनामा दोब्बर बढी हो ।
    मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद (कर सहित) गरी २३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    फाइनान्सले हालसम्म वितरण गरेको लाभांशदर

    प्रतिकृया दिनुहोस्