News Portal

  • इन्भेष्टमेन्ट बैंकको एटीएम बुढनीलकण्ठको चुनिखेलमा विस्तार

    आर्थीकसंसार संवाददाता
    २१२० पटक

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ ।
    करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक वीजेन्द्र सुवाल, बागमती प्रदेश सभासद् नुच्छे, नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष (बूढानीलकण्ठ नगरपालिका–१३) श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    बैंकले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

    प्रतिकृया दिनुहोस्