News Portal

  • एनएलजी इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
    ५१ पटक
    ३० भदौ, २०८१

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

    कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति वा संस्थाको सुविधालाई ध्यानमा राखी नेपाल बीमा प्राधिकरण र एनएलजी इन्स्योरेन्सबाट कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्न लागेको जनाएको हो ।

    उक्त परीक्षा असोज ११ गते दिउँसो १ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । परीक्षा कम्पनीको केन्द्रीय, क्षेत्रिय, शाखा, उपशाखा कार्यालयहरूमा सञ्चालन गरिने बताएको छ । परीक्षामा सहभागी हुन ईच्छुकले असोज १० गतेभित्र आवश्यक पर्ने कागजात सहित कम्पनीको नजिकको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्