News Portal

  • समृद्धि फाइनान्सका ग्राहकले बजाजको दुई पाङ्ग्रे सवारी किन्दा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८१
    ३२३ पटक
    २९ भदौ, २०८१

    काठमाडौं । समृद्धि फाइनान्सले बिब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारीपत्रअनुसार कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार रुपैयाँ, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छूका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निः शुल्क सर्भिसिङको सुविधा पाउन सक्नेछन् ।

    यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ। छूटसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिने छ।

    कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटीजीएस,आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
    प्रतिकृया दिनुहोस्