News Portal

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
    ४४ पटक
    २८ भदौ, २०८१

    काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता भएकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर भएको हाे ।

    सम्झाैतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर माेह्युन कोङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र मुगु अस्पतालका स्वास्थ्य व्यवस्थापक डा. निर्मल नगरकोटीले हस्ताक्षर गरेका थए ।

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पताल कोइकाको अनुदान सहयोगमा स्थापना भएका हुन् ।

    सम्झौतापश्चात मुगु अस्पतालका बिरामीहरूले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार पाउनेछन् ।

    दुवै अस्पतालहरूले बिरामी व्यवस्थापनलाई व्यवस्थित बनाउने जनाइएकाे छ ।

    कोइकाका कन्ट्री डाइरेक्टर कोङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीचको साझेदारीले स्वास्थ्य सेवा क्षेत्रमा भविष्यमा हुने सहकार्यका लागि उदाहरण प्रस्तुत गर्ने बताए ।

    कार्यक्रममा मध्यपुर थिमि नगरपालकाका मेयर श्री सुरेन्द्र श्रेष्ठले समुदायलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

    नेपाल कोरिया मैत्री नगरपालका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशनले बिरामीहरूलाई सम्भावित स्वास्थ्य सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

    प्रतिकृया दिनुहोस्