News Portal

  • लगानी बोर्डको सीईओमा ज्ञवाली, यस्ता छन् मन्त्रिपरिषदका १७ निर्णय

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
    ४२ पटक
    २८ भदौ, २०८१

    काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

    उनका अनुसार सरकारले २०८१ साउन २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने वर्ल्ड हेल्थ समिटर २०८१ को असोज २९ देखि कार्तिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ह्याण्ड इन ह्याण्ड एचआईएस इन्भेष्टमेण्ट फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गरेको छ ।

    त्यस्तै, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई २०८१ असोज ८ देखि ११ सम्म चनिको बेइजिङमा आयोजना हुने फिप्थ प्लेजनरी मिटिङ अफ दि ग्लोवल अप्रेशनल नेटवर्क अफ एनटी करप्शन ल इन्फर्समेन्ट अथोरिटीज नेटवर्कमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ ।

    त्यस्तै, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट रिजिलेण्ट हाइ भ्याल्यु एग्रिकल्चरल प्रोग्रामका लागि प्राप्त हुने ५३.४ मिलियन युएस डलर (करिव ९ अर्ब ४५ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिने निर्णय भएकाे छ ।  दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एशियाली विकास बैंकसमेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिको लागि नेपाल सरकारको तर्फबाट एशियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

    त्यस्तै, सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन कार्यालय लगायतका आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को लागि २१० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

    नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.३ क्षेत्रफल ५–१४–०–० रोपनी सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई उपयोग गर्न स्वीकृति दिने, हुलाकी राजमार्ग चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने, गल्छी त्रिशुली मैलुङ्ग स्याफ्रुवेसी रसुवागढी सडकको स्याफ्रुवेसी बजार खण्डमा ११ मिटर चौडाईमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनासमेतका आयोजना÷योजनाहरूमा ३५१ राजपत्राङ्कित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्