आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
२८ भदौ, २०८१काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घोतक रोग वापतको दाबी भुक्तानी दिएको छ। कम्पनीकी बीमित सर्मिला कटुवाल थापाले आफु प्रस्तावक भई एशियन लाइफ इन्स्योरेन्समा आफ्नो छोरीको ५ लाखको बीमा गरेकी थिइन् । सर्मिला कटुवाल थापाले विगत ८ महिना अगाडीदेखि स्तन क्यान्सर भइ उपचार गराइरहेकी थिइन् । सोही क्रममा उनले कम्पनीबाट पाउने घातक रोग सुविधा वापतको रकम हस्तान्तरण गरेको छ ।
थापालाई कम्पनीले घातक रोग सुविधा दिने विषयमा जानकारी थिएन । तर, पछि आफ्नो बीमा गराउने अभिकर्ताले घातक रोगको बीमा सुविधा एशियन लाइफबाट पाइन्छ भन्ने जानकारी गराए लगत्तै उनले कम्पनीमा दाबी भुक्तानीको लागि विवरण पेश गरेपछि कम्पनीले तत्कालै घातक रोगको भुक्तानी दिएको हो ।