आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
२१ मंसिर, २०७७काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ ।
संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुको तालिम सम्पन्न भएको हो । तालिममा १० शाखाका ३५ जना कर्मचारीहरु सहभागी रहेका थिए ।
तालिमको उद्घाटन गर्दै संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै संस्थाले हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८१ करोड ३० लाख कर्जा उपलब्ध गराएको बताए ।