आर्थीकसंसार संवाददाता२६ भदौ, २०८१
२६ भदौ, २०८१काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)सँग महिन्द्राफोर ह्विलरको विराटनगर, इटहरी र धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाइन्टले नगदरहित बीमा दाबीका लागि सम्झौता गरेका छन्।
सम्झौतापत्रमा आधिकारिक बिक्रेताका तर्फबाट इस्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि महिन्द्राका ग्राहकले सवारीसाधन मर्मतसम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरु पाउने छन्।