News Portal

  • गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८१
    ७५ पटक
    २६ भदौ, २०८१

    काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

    सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।

    घिमिरे २०७८ साल माघ १९ गते ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझै एक वर्ष ५ महिना बाँकी थियो ।

    प्रतिकृया दिनुहोस्