News Portal

  • सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनलबीच साक्षरता अभिवृद्धि गर्न सहकार्य

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ८७ पटक
    २५ भदौ, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२बीच सहकार्य भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्ने गरी सम्झौता गरेको हो ।

    उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरे । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।

    सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने टीइएसीएच कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।

    सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । साथै “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्