News Portal

  • ग्रील अध्यक्ष महर्जन नेपाल इको प्यानलमा

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ६४ पटक
    २५ भदौ, २०८१

    भक्तपुर । ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल सल्लाघारी भक्तपुर पुगेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयमा पुगेर उनले अवलोकन अवलोकन भ्रमण गरेका हुन् ।

    यस क्रममा दुई पक्षवीच व्यापारिक हितका विषयमा छलफल भएको थियो । नेपाल इको प्यानल र ग्रील व्यवसायी एक आपसमा मिलेर व्यापारिक हित गर्ने विषयमा छलफल भएको हो ।

    यस क्रममा अध्यक्ष महर्जनले इको प्यानल र ग्रील व्यवसाय एक आपसमा जोडिएको विषय भन्दै सहकार्यमा जोड दिएका थिए । साथै नेपाल इको प्यानल र ग्रील व्यवसायीवीच भावी दिनमा कसरी व्यापारिक हितमा अगाडि वढन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

    नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

    प्रतिकृया दिनुहोस्