News Portal

  • इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    २८५७ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
    यसै महिनाको मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ नगद (कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाले नगदभन्दा बोनसदरलाई बढी जोड दिएको छ । अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ । १४.२५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्