News Portal

  • नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याबबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    १४४४ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याबबीच १५ प्रतिशशत छुटसम्बन्धी सम्झौता भएको छ ।
    नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने भएको हो । आइतबार दुई कम्पनीबीच छुटसम्बन्धी सम्झौता भएको हो ।
    सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपालका क्षेत्रीय विक्री प्रबन्धक प्रविण कुमारले हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्