News Portal

  • ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८१
    ३६० पटक
    २३ भदौ, २०८१

    काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    शेयर खरिदका लागि निवदेन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले तोकिएको समयावधिभित्र कम्पनीमा निवेदन दिनुपर्नेछ।

    तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्