आर्थीकसंसार संवाददाता२३ भदौ, २०८१
२३ भदौ, २०८१काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर , सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
कम्पनीले यहि भदौ २२ गते होटेल सनसाइन बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने तालिम सम्पन्न गरको छ । साथै आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सिनियर एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर, सक्रिय एजेन्सीहरुलाई सम्मान पनि गरिएको थियो ।