News Portal

  • एलजीको दशैं-तिहार बहार, ४०% सम्मको क्यासब्याक र पक्का उपहार

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८१
    १२१ पटक
    २३ भदौ, २०८१

    काठमाडौं । एलजी ब्रान्डले दशैं-तिहारलाई लक्षित गर्दै नयाँ याेजना ल्याएकाे छ । एलजीले ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएकाे हाे । यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र उपहार पाउन सकिने जनाइएकाे छ ।

    एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

    एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरभन्दा माथि) को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै, एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । साथै शून्य प्रतिशत ब्याजदरमा इएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाइड इन्स्टलेशन र फ्री डेलिभरी पनि रहेको छ ।

    यो योजना भाद्र २३ गते देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

    प्रतिकृया दिनुहोस्