News Portal

  • ट्रस्ट माइक्रोले ब्लुबुक नवीकरण गरेर घरमै ल्याइदिने, थप शुल्क पनि नलिने

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८१
    ९१ पटक
    २३ भदौ, २०८१

    काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले बीमितको सवारी ब्लुबुक रिन्यू (नवीकरण) गरिदिने भएको छ । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु-बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ ।

    घरमै आएर ब्लु-बुक रिन्यू गरिदिएर फेरि घरमै ल्याइदिएवापत कम्पनीले कुनै शुल्क नलिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गानाले बताए ।

    तर, रिन्यू गर्दा यातायात कार्यालयमा बुझाउनु पर्ने रकम भने बीमित स्वयमले बेहाेर्नुपर्ने उनले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्