आर्थीकसंसार संवाददाता२० भदौ, २०८१
२० भदौ, २०८१काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेड र मेट्रो ट्राफिक एफ एम बिच पीएसए तथा सूचना प्रसारण सम्वन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले भदौ १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रोडक्ट, बीमा सम्वन्धी सूचनाहरु र बीमा सचेतनाका विषयहरु प्रसारण गर्ने गरी मेट्रो ट्राफिक एफएम ९५.५ संग सम्झौता गरेको कम्पनीका वजार विभाग प्रमुख,व्यवस्थापक देवराज घिमिरेले बताए ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रधान कार्यालय रामशाहपथ,काठमाडौंमा सम्पन्न उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.शिवहरी श्रेष्ठ तथा मेट्रो ट्राफिक एफएम ९५.५ को तर्फवाट प्रहरी नायव उपरिक्षक इ. विशाल ज्ञवालीद्धारा हस्ताक्षर गरी सम्झौता पत्र आदनप्रदान गरिएको हो ।