काठमाडौं । सरकारले नेपालमा फाइभजी प्रविधिलाई नेपाल भित्र्याउने तयारी गरेको छ । फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सिफारिस गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको छ ।
समितिले फाइभी सञ्चालनका लागि न्यून ब्यान्डअन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्ड सिफारिस गरेको प्राधिकरणले जनाएको छ ।
सेवा प्रदायकहरुलाई न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत एक सय मेगाहर्जसम्म र उच्च ब्यान्डमा एक हजार मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन फोरमले सिफारिस गरेको छ । अब नियामक निकाय प्राधिकरणले आवश्यक प्रक्रिया र आवश्यक हेरफेर गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पेश गर्नेछ । समितिले नै नेपालमा फाइभजीका लागि उपयुक्त फ्रिक्वेन्सी तय गर्नेछ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य मणि चौलागाईंको संयोजकत्वमा रहेको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलका साथै एनसेल र नेपाल टेलिकमका प्रतिनिधि सदस्य रहेका छन् ।
फ्रिक्वेन्सी तय भएर सिफारिस भए पनि यसको लागत तथा अन्य पक्षबारे केही खुलाइएको छैन । अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रको एनसेल र स्मार्टसेलले फोरजी सेवा दिइरहेका छन् ।
सरकारको फाइभजी प्रविधि भित्र्याउने तयारी
आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
२१ मंसिर, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न